मोरङ, ७ भदौ । लायन्स क्लब अफ विराटनगरले १३ लाखको लगानीमा वृद्धाश्रमका लागि एउटा भवन निर्माण गरेको छ ।
१८ फिट चौडाइ र ३८ फिट लम्बाइको उक्त भवन लायन्स क्लब एक्जीक्युटिभको पहलमा विराटनगरका हरिप्रसाद वंशल र मनोज अग्रवालले आफ्ना पूर्वजको स्मृतिमा निर्माण गरेका हुन् । नवनिर्मित भवनमा वृद्धाश्रमका आश्रितलाई बसिबियाँलो गर्न र भजनकीर्तन गर्न सहज हुने आश्रम सञ्चालक भुवनेश्वरी आचार्यको भनाई छ ।
वंशलले भने, ‘पितापुर्खाको स्मृतिमा भवन निर्माण गरेका हौँ, हामीलाई लायन्स क्लबले गरिदिएको पहलले निकै मनशान्त भएको छ, । उक्त वृद्धाश्रममा करिब ४० जना वृद्धवृद्धा बस्दै आएका छन् ।
Facebook Comments