सिनेमा आर्ट्स, हाइलाइट्स नेपाल र टर्च लाइट प्रडक्शनमा चलचित्र घामपानी बन्ने भएको छ। असोज ४ गते बाट फ्लोर मा जाने भनिएको यस चलचित्र मा दयाहांग राइ, अंकित खड्का र केकी अधिकारि मुख्य भूमिका मा छन्।
संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गर्ने यस चलचित्र को कथा लामा आफैले लेखेका हुन् भने, स्क्रिप्ट एनलाइसेस रामबाबु गुरुङले गरेका हुन् ।ओम गुरुङ, शैलेन्द्र कार्की, रौनक बिक्रम कंडेल,ओमचन्द्र रौनियार र बिश्वो गौचन निर्माता रहेको यस चलचित्र सिन्धुली आसपासमा छायांकन हुने बताइएको छ।
Facebook Comments