मान्छेको जीवन सेक्सबाटै शुरूआत हुन्छ । सेक्स भन्ने कुरा नहुने हो भने जीवन नै हुँदैन थियो होला । सेक्सलाई सुखी दामपत्य जीवनको साधन समेत ठानिन्छ ।
यस्ता छन सेक्स सम्बन्धि १६ रोचक तत्थ्य
१। विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सेक्स गरिरहेका हुन्छन् ।
२। एक चम्चा वीर्यमा सात क्यालोरी हुन्छ ।
३। क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले घरमा श्रीमतीलाई सहयोग गर्ने पुरुषहरुले ५० प्रतिशत बढी सेक्सको अवसर पाउने पत्ता लगाएका छन् ।
४। मूर्ति या म्यान्निक्विनप्रति हुने यौन आकर्षणलाई एजाल्माटोफिलिया भनिन्छ ।
५। अहिलेसम्मकै सबैभन्दा धेरै चरमसुख भएको रेकर्ड एक महिलालाई एक घण्टामा १३४ पटक भएको छ भने पुरुषमा १६ पटक भएको पाइएको छ ।
६। सेक्सप्रतिको निष्क्रियताले लिंगको आकार पनि घटाउँछ । रुसकी महिला तात्याना कोजेभ्निकोभाले योनिले १४ केजी तौल तानेर रेकर्ड बनाएकी थिइन् ।
७। विश्वभरमा ग्रिसमा मानिसहरु सबैभन्दा सेक्सीमा पर्छन् । उनीहरु अधिकांशले हप्तामा एकपटक सेक्स गर्ने गर्छन् ।
८। वीर्यमा भएको प्रोटिनले चाउरी निको पार्छ।
९। ५० जनामध्ये एक महिलामा अतिरिक्त स्तनको निप्पल हुने गर्छ ।
१०। दुईवटा कण्डम लगाउँदैंमा थप सुरक्षा दिने भन्ने हुँदैंन, बरु आपसी घर्षणले फुट्न सक्छ ।
११। इरानमा वेश्यावृत्ति कानुनी छ, जहाँ पैसा तिरेर केही घण्टाका लागि अस्थायी श्रीमती पाइन्छ ।
१२। सन् २०१२ मा भएको एक सर्भेले ६० प्रतिशत बेलायतीहरु अध्याँरोमा सेक्स गर्न मन पराउँने देखाएको थियो।
१३। पुरुषको दुईवटा अण्डकोषमध्ये एउटा अलि तलतिर रहेको हुन्छ । यसको कारण हो– हिड्दा तिनीहरु आपसमा नठोक्किउन्।
१४। अहिले विश्वभर प्रचलित खाद्यपदार्थ केलोग्स कर्नफ्लेक्स एक त्यस्ता व्यक्तिले विकास गरेका थिए, जो हस्तमैथुनविरुद्धका अभियन्ता थिए । उनले मानिसबाट यौन विचार हटाउँन स्वस्थ खाना आवश्यक रहेको भन्दै कर्नफ्लेक्सको विकास गरेका थिए ।
१५। एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट के देखाएको छ भने स्पेन, ब्राजिल र इटालीका महिलाहरुले उत्कृष्ट लभर उत्पादन गर्छन् । अंग्रेजहरु भने ज्यादै अल्छी हुन्छन् ।
१६। प्राचिन चीनमा सेक्सपछि मक्र्युरी र सिसा खाएमा गर्भ रहँदैंन भन्ने विश्वास गरिन्थ्यो । तर, यसले मृत्युसम्म निम्त्याउथ्यो ।