आनन्दराम पौडेल
संसारकै आजसम्मको इतिहासमा जो बञ्चितिमा पर्छ त्यसैले आवाज उठाएको र विद्रोह गरेको देखिएको छ । आठौं आश्चर्य अहिले नेपालमा देखिएको छ । नेपालमा त बञ्चितिमा परेकाहरुले हैनकि अतिरिक्त लाभ प्राप्त गरिरहेकाहरु पो अत्तो थापेर, निहुँ खोजेर हुलदङ्गा मच्चाइरहेछन् ।
नेपालको सम्विधान २०७२ सर्सर्ति पढ्ने सबैलाइ थाहा छ, यो सम्विधान सरासर मधेशी, थारु, दलित, महिला, जनजातिको पक्षमा बनेको छ । यिनीहरुलाइ राज्यका हरेक निकायमा समानुपातिक स्थान पाउने ग्यारेण्टी गरेको छ । तराईका मधेशीहरुकै बारेमा भन्नुपर्दा मधेशीहरुको जनसंख्याको आधारमा गाउँको वडा सदस्यदेखि प्रतिनिधिसभा र क्याबिनेटसम्म समानुपातिक स्थान पाउने प्रत्याभूति दिएको छ। सम्पूर्ण सरकारी नोकरीमा आरक्षणको व्यवस्था गरेको छ ।
मधेशी, थारु, महिला, दलित, जनजातिलाइ सम्विधानमा तोकेरै सम्पूर्ण निकायमा समानुपातिक पद सुरक्षित गरिदिनु सामान्य व्यवस्था होइन । त्यसबाहेक यही समुदायको लागि मात्र समुदायपिच्छे सम्वैधानिक आयोगको व्यवस्था गरिएको छ ।
मानवसभ्यताको इतिहासमा वञ्चितमा पारिएकाहरुले मात्र आवाज उठाएका छन्,विरोध गरेका छन् अनि विद्रोह, आन्दोलन र क्रान्ति गरेका छन् । त्यस हिसाबले नेपालको अन्तरिमकालदेखि नै वञ्चितीमा पारिएका र यो सम्विधानले झन् किनारामै धकेलिएका पहाडीया बाहुन, क्षेत्री, दशनामीले यो घोर विभेद, पक्षपात र अन्यायका विरुद्ध आवाज उठाउनुपर्ने हो । युएनडिपीले बर्षेनी प्रकाशित गर्ने मानव विकास प्रतिवेदनको मानव विकास सूचकाङ्क तथा सम्पूर्ण सर्वेक्षणका तथ्य, तथ्याङ्कहरु हेर्दा आर्थिक अवस्था, हैसियत, पहूँचलगायत हरेक पक्षबाट पहाडिया बाहुन, क्षेत्री, दशनामीहरु धेरै पछाडी छन् ।
मनाङे, नेवार, थकाली, मारवाडी, गुरुङ तथा तराईका फर्वार्ड ब्लक ९कायस्थ, भूमिहार,बाहुन, राजपूत० त धेरै माथि छन् । मानव विकास सूचकाङ्कलगायत सम्पूर्ण तथ्य,तथ्याङ्कहरुले जस्को आर्थिक स्तर र हैसियत धेरै माथि देखाएको छ तिनैलाइ मात्र पोस्ने र पछाडी परेकालाइ अझै पर धकेल्ने हिसाबले आएको यो सम्विधानको विरुद्धमा त्यो वर्गबाट आवाज उठ्नुपर्थ्यो । त्यो समुदायबाट आवाज नउठ्नुको एउटै कारण के होभने त्यो समुदाय, विशेषगरी बाहुन समुदायमा मिलिजुली संस्कृति ९टीम कल्चर० छैन । उनीहरु घमण्डी, दम्भी, अहङ्कारी छन् र एक्लेवीर बन्न खोज्छन् ।
वञ्चितीमा परेकालाइ अझै किनारामा धकेलेर विशेष लाभ र अवसर पाइराखेकालाइ नै अझै थप लाभ र अवसर दिंदासमेत् लाभमाथि लाभ तथा अवसरमाथि अवसर पाउने समुदाय नै विरोधमा किन उत्रियो भन्ने आजको ज्वलन्त प्रश्न हो । अहिले तराईमा केही व्यक्तिले चर्काउनखोजेको विरोधभित्र पसेर केलाउँदा त्यस्मा दुइटा तत्वले काम गरेको प्रष्ट देखिन्छ । एउटा त २२ महिनाअघि सम्विधानसभाको निर्वाचनमा लज्जाजनक पराजयमा पुगेका तर आफूलाइ तराईको मठाधीश ठान्ने स्वयम्भू नेताहहरुले आफ्नो स्पेस बनाउनको लागि यो सम्विधानले मधेशी, थारु, दलित, महिला, जनजातिलाइ केही दिएन भन्दै भ्रम छरेका छन् । त्योभन्दा भयङ्कर ठूलो कारणचाहीं महान छिमेकी मित्रराष्ट्र भारतको अत्यन्तै निकृष्ट, क्षुद्रतापूर्ण र दुष्टतापुर्ण व्यवहार हो ।
महान छिमेकी मित्रराष्ट्र भारतले आफ्ना छिमेकीलाइ मुठ्ठीको माखो ठान्छ । भारतसँग अनुमति नलिई कोदारी राजमार्ग खोलेको, पाकिस्तानसँग करमुक्त व्यापार गर्न खोजेको र उत्तरी चेकपोस्टबाट भारतीय सेना फिर्ता गराउन पत्र लेखेकोमा दुर्वासा भएको भारतले सन १९६९ मा नेपाललाइ नाकाबन्दी गर्यो । दोश्रो प्रकरण, भारतसँग सल्लाह नगरी शान्तिक्षेत्र प्रस्तावलाइ अघि बढाएकोमा भारत भित्रभित्रै रुष्ट थियो । पछि चीनसँग हतियार खरिद गरेको बिषयले आगोमा घिउ थप्यो । यही निहुँमा नेपाललाइ पाठ सिकाउँछु भन्दै २०४५(२०४६ सालमा १३ महिना नाकाबन्दी गर्यो । अहिलेको नाकाबन्दी त सबैलाइ थाहा छ, जारी हुनलागेको सम्विधानलाइ १५ दिन रोक्नु भनि विदेश सचिवमार्फत् हुकुम आदेश गरेका थिए । जारी हुने मितिसमेत् तय गरिसकेको स्थितिमा सम्विधान रोक्नसकिने स्थान थिएन । ठूलदाईको हुकुम तामेल नगर्ने भनेर भारतले यो सास्ति दिएको हो ।
ठूलदाईको थिचोमिचो, पेलाइ र अत्याचार बर्णन गरिसाध्य छैन । भूटानी नागरिकलाइ नेपाल छिर्न भिसा चाहिन्छ । तर, भारतले भूटानी नागरिकलाइ जबर्जस्ति डम्फरमा लोड गर्दै नेपाल भित्र ल्याएर अनलोड गर्यो । यसरी दश हजार ट्रीप भूटानी नागरिकलाइ नेपालभित्र ल्याएर अनलोड गरिदियो । नेपालको कालापानी, लिपुलेक भञ्ज्याङ र लिम्पियाधुरासम्म जबर्जस्ति कब्जा जमाएको आज ठ्याक्कै ५० बर्ष भयो । नवलपरासीको सुस्तामा एउटा गाविस सिङ्गै निलिसकेको छ । पूर्व पशुपतिनगर, मानेभञ्ज्याङमा हाक्काहाक्की अतिक्रमण गरिराखेको छ ।
आफूलाइ ठूलदाई ठान्ने र छिमेकीप्रति दादागिरी गर्ने भारतको पुरानो दीर्घरोग हो । सन १९५१ सम्म गोवा स्वतन्त्र देश थियो । भारतमा नगाभिउञ्जेल गोवालाइ चारैतिरबाट माखेसाङ्लोमा च्याप्यो । च्याप्दाच्याप्दै नाकाबन्दी नै लगाइदियो । नाकाबन्दीविरुद्ध गोवा अन्तर्राष्ट्रिय अदालत गुहार्न पुग्यो । अन्तर्राष्ट्रिय अदालतले गोवाको पक्षमा फैसला गर्यो, र नाकाबन्दी खोल्न भारतलाइ आदेश गर्यो ।
सन १९७७ अघिसम्म श्रीलङ्काका शासकहरु, अहिले नेपालका नेता र शासक जत्तिकै, भारतपरस्त थिए । नेपालका नेता र शासक जत्तिकै लम्पसारवादी थिए । सन १९७७ मा अत्यधिक मतले जयबर्द्धने राष्ट्रपति भए । उनले विश्वका अन्य राष्ट्र, विशेषगरी पश्चिमा राष्ट्रहरुसँग दौत्यसम्बन्ध विस्तार गरे र सुदृढ गरे । विश्वसम्बन्ध बढाएको भारतलाइ मन परेन । अहिले नेपालको तराईबासीलाइ उचालेजस्तै त्यहाँ तमीलहरुलाइ उचाल्नथाल्यो । उनीहरुलाइ हातहतियार सप्लाइ गर्यो । हातहतियार चलाउने तालिम दिन तालिम(शिविर स्थापना गर्यो । श्रीलङ्काली सेना र तमील टाइगरबीच निर्णायक भिडन्त भएको अवस्थामा भारतीय सेनाका फाइटर जहाजहरु निर्वाध त्यहाँ पुग्थे र श्रीलङ्काली सेनालाइ आतङ्कित पार्थे ।
छिमेकीहरुसँग रखौटीको व्यवहार गर्ने र अझ मुठीको माखो नै सम्झने भारतको पुरानो दीर्घरोग त छँदैछ, त्यसभन्दा खतरनाक त मैदान तैयार गरिदिने लैनचौरबाट पालितपोषित भारतीय एजेन्टहरुबाट यो राष्ट्रलाइ कसरी बचाउने भन्नेचाहीं बढी चिन्ताको बिषय बनेको छ । राष्ट्र बचाउने होभने महत्वपूर्ण पद र निर्णायक स्थानमा रहेका ती गद्दारहरुलाइ चिन्न र दुनिञासामु नङ्ग्याउन जरुरी भैसकेको छ ।
साभार : नेपालप्लस