बलिउडमा लभ बर्डसका रुपमा चिनिएका रणवीर र दीपिकाको प्रेम प्रशङ्गका समचारहरु निकै नै बाहिर आईसकेको छन् । अभ भने उनीहरु विवाह गर्ने योजनामा रहेका छन् ।
केही दिनअघि भारतीय व्यवसायी मुकेश अम्बानीकी भान्जीको विवाह थियो । त्यो विवाहमा बलिउडका अधिकांश कलाकार पुगेका थिए । तर, त्यहाँका मिडियाले अभिनेता रणवीर सिंह र दीपिका पादुकोणलाई सबैभन्दा बढी फोकस गरे ।
बलिउडको यो ग्ल्यामरस ‘लभ–बर्डस’ एक–अर्काकाे हात समात्दै पार्टीमा पुगेका थिए । केही दिनअघि मात्र पनि रणवीरले करण जौहर र रणवीर कपुरसँग एउटा टिभी कार्यक्रममा दीपिकासँगको सम्बन्धबारे बताएका थिए ।
सो कार्यक्रममा उनले विवाहको योजना बनाइरहेको पनि खुलासा गरेका थिए । त्यसपछि मिडियाको प्रश्नमा रणवीरले भन्दै आएका छन्, ‘मेरो विवाह ननस्टप पार्टीजस्तै हुन्छ ।’ अहिलेसम्मको योजनाअनुसार एउटा द्वीपमा आफ्नो विवाह हुने पनि रणवीरले बताएका थिए ।