नयाँदिल्ली, ४ भदौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले मोदी सरकार प्रचण्ड नेतृत्वको सरकारसंग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
नयाँ दिल्लीमा पत्रकारहरुसंग कुरा गर्दै सिंहले भारतले नेपालमा स्थायित्व चाहने भन्दै त्यसका लागि दाहाल नेतृत्वको सरकारसंग निकट रहेर काम गर्न चाहेको बताएका हुन् ।
कांग्रेस–माओवादी गठबन्धन सरकारले संविधान कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गर्दै उनले विकसित नेपाल हेर्न चाहेको उल्लेख गरे । उनले गठबन्धन सरकारले आन्दोलनकारीसंग गरेको वार्ता प्रयासलाई ‘आन्तरिक स्थिरताका लागि सकारात्मक कदम’ भएको संज्ञा दिए ।
तिलाठी घटनाका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासालाई जवाफ दिँदै सिंहले सिमावर्ती क्षेत्रका जनताको समस्यालाई दुई देशका प्रमुख जिल्ला अधिकारीहरुको तहमा कुराकानी भइरहेको बताएका छन् । आतंकवाद दुवै देशको समस्या रहेको बताउँदै उनले नेपाल र भारतले संयुक्त रुपमा आतंकवादका विरुद्ध लड्नुपर्ने तर्क गरेका छन् ।