ब्राजिल, १४ भदौ । ब्राजिलका राष्ट्रपति दिल्मा विरुद्ध महाभियोग लगाउने तयारीमा जुटेको प्रतिपक्षी समूहको पक्षमा आवश्यक दुई तिहाइ अर्थात् ८१ सदस्य सङ्ख्याको ५४ मतभन्दा बढी मत पर्ने सम्भावना प्रवल देखिएको छ । यद्यपि मतदान हुन भने बाँकि नै छ ।
रुसेफले ‘कु’ गरी सत्ता हत्याउन आफ्ना विरोधीबाट महाभियोगको प्रस्ताव ल्याइएको र यो ब्राजिलको प्रजातन्त्रलाई खतरामा पार्ने षड्यन्त्रस्वरुप आएको भनी संसद्मा आफूलाई मतदान गर्न अनुरोध गरे पनि उनको पक्षमा नतिजा आउने सम्भावना निकै दुर्बल देखिएको छ ।
उनले आफूमाथि मुलुकमा आर्थिक अनियमितता तथा सुशासन कायम गर्न नसकेको भनी लगाइएको आरोपको खण्डन गर्दै आफू ब्राजिलको समृद्धिका लागि सन् १९७० समयमा प्रजातन्त्रका लागि साहसी लडाई लडेको र सधैँ प्रजातन्त्रका लागि लड्ने प्रतिबद्धता जनाउँदै आफूविरुद्ध ल्याइएको महाभियोगको प्रस्तावलाई असफल बनाउन आग्रह गरेका छ ।
उनीविरुद्ध लगाइएको महाभियोगको सुनुवाई मङ्गलबार सकिएपछि सिनेटमा छलफल गरिने र बुधबार मध्याह्नसम्ममा मतदान हुनेछ ।
रुसेफविरुद्ध महाभियोग लगाउने विषयमा ब्राजिलियाली संसदमा अन्तिम छलफल हुने तयारी भइरहँदा रुसेफका हजारौँ समर्थकले संसद भवन बाहिर सोमबार उहाँकोे समर्थनमा प्रदर्शन गरेका थिए ।
रुसेफले आफूमाथि लगाइएको आरोप आफ्ना विरोधीले सत्ता हत्ताउने लोभका कारण ल्याएको भन्दै आफूबाट राष्ट्रहित विपरित कुनै काम नभएको वताएका छन् ।
यदि संसदको दुईतिहाई मतदान रुसेफको विरुद्धमा परेमा उनको बाँकी कार्यकाल अन्तरिम राष्ट्रपति मिसेल टिमरले उत्तराधिकारीका रूपमा पूरा गर्नेछन्।
यदि संसदले राष्ट्रपति रुसेफको विपक्षमा आवश्यक बहुमत पु¥याउन नसकेमा रुसेफलाई सन् २०१८ सम्म ब्राजिलको राष्ट्रपतिका रूपमा पुनः काम गर्ने अवसर मिल्नेछ ।