पथरी ९मोरङ०, १३ मङ्सिर । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला रु तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ , लौरोको साहारामा भित्र बाहिर गर्छ । अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ । तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाएका छन् । आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्छन ।
उनि साइकल चढेर हाट बजार गर्छन ।उनले २५ वर्षको उमेरमा साइकल चढेका हुन् । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घर परिवारले आग्रह गर्छन् । तर उनि मानदैन्। गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्छन उनि । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु, उनले भने ।
सुनामका अनुसार “साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ ।” साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको उनको अनुभव छ । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राखे । उनि भन्छन “सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।”
भोजपुर खावा–३ मा जन्मिनुभएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका हुन् । सकुञ्जेल साइकल कुदाइरहने उनको भनाइ छ । “साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मदत गर्छ, उनले भने। हालसम्म उनले एक दर्जन साइकल फेरिसके ।