न्युयोर्क, २४ कात्र्तिक । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।उनि अमेरिकाको ४५औँ राष्ट्रपति भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहेकि थिइन ।
यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् ।
हिलारीले देशको लागि गरेको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको समेत बताएका छन् । यसैगरी क्लिन्टनले टेलिफोनमार्फत आफूलाई बधाई दिएको ट्रम्पले बताए । साथै क्लिन्टनले आफ्नु पराजय स्विकार गरेको छिन् ।
यहाँसम्म दुबै उम्मेदवारले हासिल गरेको राष्ट्रपति पद चयनार्थ प्रदान हुने “विशेष मत” इलेक्टोरल कलेज भोट० गणना गर्दा ट्रम्पले २८८ र क्लिन्टनले २१५ मत प्राप्त गरेको छ । राष्ट्रपति पदमा विजयी हुन् २७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ ।