हिमाल घिमिरे
कतिवटा प्रेम-कथा लेख्नु पर्छ ?
कतिवटा प्रेम-कविता लेख्नु पर्छ ?
कतिवटा प्रेम-गीत गाउनु पर्छ ?
कतिवटा प्रेम-पत्र लेख्नु पर्छ ?
मलाई भनिदेऊ-
कति पटक भन्नु पर्छ यो दिलमा तिमी छौ ?
भन त, कति पटक लगाउनु पर्छ,
प्रेम-पत्रमा यो मुटुको छाप ?
तिमी यो पनि भनिदेऊ-
कुन भाषामा लेख्नु पर्छ प्रेमका अक्षरहरू ?
कुन रङ्गमा कोर्नु पर्छ प्रेमका चित्रहरू ?
कुन सङ्गीतमा गाउनु पर्छ प्रेमका गीतहरू ?
अझै खुलेर भन प्रिय !
कति पटक भेट्न आउनु पर्छ ?
कति पटक तिम्रा ओठहरू चुम्नु पर्छ ?
कति पटक तिम्रा लाजहरू हेर्नु पर्छ ?
तिमी यी सबै भन
र, मलाई सही तरिकाले प्रेम गर्न देऊ !
Facebook Comments