जनकपुर, ५ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन र पुनर्लेखनले उत्पिडित वर्ग र मधेसीको हित हुन नसक्ने धारणा समेत राखेका थिए ।
मधेसवादी दलमा मधेसको हित भन्दा पनि संसद र सत्ता मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग हुन जरुरी रहेको बताए ।
एक प्रश्नको जवाफमा उनले आफ्नो सहयात्री प्रचण्डसँग पुनः सहयात्राको सम्भावना नरहेको बताए ।
जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उनले सरकारको सफलताको कुनै आधार नभएको बताए । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि जानकारी गराए ।