सन्तोष भट्टराई
काठमाडौं, ५ भदौ । गैरदलित युवतिसंग बिवाह गरेका कारण हत्या गरिएको भनिएका काभ्रेका अजित मिजार प्रकरण छानविनको माग गर्दै नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठनले बिरोध ¥याली निकालेको छ ।
राजधानीको बबरमहलबाट संविधानसभा भवन अगाडिसम्म नाराजुलुस सहित पुगेका विद्यार्थीहरुले प्रहरी प्रशासनको समेत मिलेमतोमा घटनालाई गुपचुप राख्ने प्रयास गरिएको भन्दै तत्काल दोषीलाई कारबाहीको माग राखेका छन् ।
¥यालीपछिको कोणसभालाई सम्वोधन गर्दै संगठनका केन्द्रिय संयोजक टिकाराम मगरातीले एक्काइसौं सताब्दिमा पनि जातिय छुवाछुतकै कारण कुनैपनि व्यक्तिको हत्या गरिनु लज्जास्पद भएको बताए । ‘हाम्रो माग विशुद्ध अधिकारको माग हो’, उनले भने,‘उत्पिडीत समुदायको शान्तिपूर्ण मागलाई सरकारले वेवास्ता गरेको खण्डमा आन्दोलनको आँधीवेहरी सिर्जना हुनेछ ।’ त्यस्तै अनेरास्ववियुका केन्द्रिय सदस्य तथा राष्ट्रिय उत्पिडित विद्यार्थी संगठनका केन्द्रिय कोषाध्यक्ष राजेश नेपालीले अजित मिजार प्रकरणलाई राज्यले नै गुपचुप राख्न खोजेको आरोप लगाएका छन् ।
त्यस्तै राष्ट्रिय उत्पिडित विद्यार्थी संगठनका केन्द्रिय सदस्य एवं उपत्यका इञ्चार्ज विश्वनाथ विश्वकर्माले अजित मिजारको हत्यालाई लुकाउन खोजेको खण्डमा राज्यले महंगो मुल्य चुकाउनुपर्ने चेतावनी दिए ।
गत असार २९ गते धादिङको गजुरीमा मृत भेटिएका काभ्रेका अजित मिजार को गैरदलित युवतीसंग बिवाह गरेकै कारण हत्या गरिएको भन्दै विभिन्न अधिकारवादी संघसंस्थाहरुले बिरोध जनाइरहेका छन् ।