काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूत बनेर भारत भ्रमणमा निस्किएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत बसाई एक दिन लम्विने भएको छ ।
पूर्वनिर्धारित कार्ययोजना बमोजिम सोमबार स्वदेश फर्कने कार्यक्रम तय भए पनि निधि मंगलवारमात्र स्वदेश फर्किने उनको नीजि सचिवालयले जानकारी दिएको छ । उपप्रधानमन्त्री निधिले भारत बसाइका क्रममा उच्चस्तरिय राजनीतिक भेटघाटको कार्यक्रम भने गरी सकेका थिए ।
उनले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतका भारतीय उच्च पदस्थ नेताहरुसँग भेटघाटसमेत गरिसकेका थिए । त्यस्तै, निधिले प्रधामन्त्री प्रचण्डको भारत भ्रमणको समय तालिकासमेत तय गरिसकेका थिए ।
Facebook Comments