सप्तरी, ९ भदौ । सप्तरीको मल्हनवा गाविसबाट १ सय १५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा–१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट १ सय १५ केजी लागुऔषध गाँजा र एउटा सिक्सर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै, प्रहरीले उनलाई पक्राउसमेत गरेको बताइएको छ । प्रहरीको टोलीले उनकै घरमा लुकाइराखेको नौ वटा बोरामा प्याक गरिएको १ सय १५ केजी गाँजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराए ।
त्यस्तै, प्रहरीले दुईवटा नोकिया र एउटा लाभा मोबाइलसमेत फेला पारेको छ । पक्राउ परेका भण्डारी मालीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकरी गराए ।