काठमाडौँ, १२ भदौ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ ।
२०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी थिए । त्यसबेला एक वर्ष अस्पतालमा उपचार गरी घर फर्केका थिए । शनिबार राति उनको श्वासप्रश्वासमा समस्या देखिएपछि १०ः१५ बजे अस्पताल पु¥याइएकामा १२ बजे चिकित्सकले मृत घोषणा गरेको उनका ज्वाइँ चन्द्रबहादुर थापा मगरले जानकारी गराए।
२०५९ असोज १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठन गरेको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए ।
खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव र नेपाल मगर सङ्घको संस्थापक अध्यक्षसमेत रहेका थिए । उनको अन्त्येष्टिका विषयमा मगर सङ्घको बैठक बसी निर्णय गर्ने तयारी गरिएको उनका ज्वाइँ थापामगरले बताए ।