नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो टाउकाको मुल्य तोकेको घटनालाई स्मरण गरेका छन् । सरकारले संविधान घोषणा गरेको बर्षगाँठलाई तामझामका साथ मनाउने निर्णय सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया व्यक्त गर्दै संयोजक भट्टराईले आफूले संविधानसभाको माग उठाउदा टाउकाको मूल्य तोक्नेहरुले नै बर्षगाँठ मनाउन लागेको सुन्दा आफुलाई हर्षको अनुभुती भएको उल्लेख गरेका हुन् ।
‘२०५२ सालमा संविधानसभा मार्फत गणतन्त्रात्मक संविधान निर्माण गर्ने लगायतका ४० (सूत्रीय माग पेस गर्दा त्यसलाई रद्दीको टोकरीमा फ्याक्ने र पुनस् २०५८ सालको पहिलो शान्तिवार्तामा संविधानसभावारे कुरै हुननसक्ने हुँकार गरेर वार्ता भंग गर्ने र हाम्रा टाउकाको मूल्य तोक्नेकै वैशाखीमा टिकेको यो सरकारले संविधानसभाबाट नयाँ संविधान जारी भएको पहिलो वर्षगाँठ तामझामकासाथ मनाउने निर्णय गरेको सुन्दा औधी हर्षको अनुभूति भैरहेछ’ सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्,‘ तर केही अपांगता सहित जन्मेको यो सन्तानलाई बेलैमा उपचार गरौं भन्दा नमानेर उल्टै जन्माउने आमालाई नै नानाभाँतीका फत्तुर लगाउनेहरूले यो अपांग वालिकालाई अतिसय माया गरेको स्वांग गर्दा चाहिं कताकता आशंका लाग्दोरहेछ१ तैपनि यो वालसन्तानको दीर्घायू होस् ।’
तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. भट्टराईसँगै पुष्पकमल दाहाल प्रचण्ड, मोहन बैद्य किरण, माओवादी केन्द्रका नेता रामबहादुर थापा वादल लगायतका माओवादी नेतालाई आतंककारीको सुचीमा राखेको थियो । त्यस्तै, उनीहरुको जो कोहीले टाउको काटेर झोलामा ल्याए ५० लाखको इनाम दिने समेत घोषणा गरेको थियो ।