काठमाडौं, ४ असोज । दशैंका लागि चन्दा उठाउन मंगलबार बिहान राजधानीका विभिन्न निजी विद्यालयमा बम राखिएको तथ्य खुलेको छ ।
बम राखेर विद्यालय संचालकलाई त्रसित बनाई चन्दा उठाउने उद्धेश्यले बम राखिएको पुष्टी भएको हो । उक्त समुहले विभिन्न विद्यालयमा राखेको बमले कुनै मानवीय क्षति नभएपनि केहि विद्यालयको भौतिक संरचनामा भने क्षति भएको छ ।
बम राखेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
बिष्फोटस्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र नेपालको पर्चा भेटिएको छ ।
करिब एक दर्जन निजी स्कुललाई लक्षित गरि बम राखिएपछि प्याब्सन, एनप्याब्सन र हिसानको संयुक्त बैठक बसिरहेको छ ।
बम बिष्फोटबाट बौद्धको आकाशदिप बोर्डिङ स्कुल र मनकामना उच्च माविमा सामान्य क्षति पुगेको छ ।
Facebook Comments