पोखरा, १९ कात्तिक । नेपालको तिन दिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी भारतीय भूपू सैनिकको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।
उनले भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति मुखर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज बराललगायत उच्च सरकारी अधिकारीले पोखरा विमानस्थलमा स्वागत गरेका छन् ।
Facebook Comments