पाँचथर, २५ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन ।
पाँचथरको फिदिममा आज पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए। दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने उनले बताए ।
अहिलेको संविधानलाई संशोधन गरेर यथाशक्य स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए । उनले भने , “अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन गर्नुपर्दछ ।”
मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्दै अब मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने उहाँले बताए । उनले अङ्गिकृत नागरिकता भएको व्यक्ति संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको उल्लेख गरे।
Facebook Comments