अर्घाखाँची, ७ मङ्सिर । चौध वर्षपछि लालपुर्जा पाउँदा धनचौर गाविसका बासिन्दा हर्षित भएका छन् ।
धनचौर गाविसमा नापी कार्यालयले जग्गा नापजाँच गरी तयार पारेको एक हजार १७० जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । स्थानीयवासीलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले ती लालपुर्जा वितरण गरेका हुन् । सशस्त्र द्वन्द्वका समयमा नापी कार्यालयका सबै कागजपत्र जलेर नष्ट भएका थिए ।
यस्तै नापी कार्यालयले फिल्डमै गएर पुनः नापी गर्न सुरु गरेको छ । जिल्लाको सबै ठाउँको पुनः नापी हुने र यस क्रममा सन्धिखर्क नगरपालिकामा डिजिटल प्रविधिबाट नापी गर्न थालिएको कार्यालयका प्रमुख मोहमद साबिर हुसैनले बताए । नक्सा नहुँदा १२ वर्षयता जिल्लामा जग्गा जमिनको कित्ताकाट रोकिएको बताइएको छ ।
Facebook Comments