तनहुँ, १० मङ्सिर । तनहुँ जिल्लामा स्थानीय निकायको पुनःसंरचनाको विषयमा बसेको सर्वदलीय बैठकले चार नगरपालिका र छ गाँउपालिकाको टुङ्गो लगाएको छ ।
जिल्लामा पुनःसंरचनाको टुङ्गो नलाग्दा विवादित बनेकामा सर्वदलीय बैठकले चार नगरपालिका र छ गाउँपालिका बनाउने निर्णय गरेपछि टुङ्गो लागेको हो ।
यसअघि जिल्लामा चार नगरपालिका र आठ गाउँपालिका बनाउने प्राविधिक समितिले निर्णय गरेको थियो । उक्त बैठकले साविकको नौ वटा संरचनामा मस्र्याङ्दीलाई भानु नगरपालिकामा र ढोरफिर्दीलाई शुक्लागण्डकी नगरपालिकामा राखेर १० वटामा कायम गरेको हो ।
पुनःसंरचना आयोगले विवादित जिल्लाको विवाद मिलाउन भन्दै तीन दिनको म्याद थप गरेपछि पुनःसर्वदलीय बैठक राखेर टुङ्गो लगाइएको जिल्लास्तरीय प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।