नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले झापामा प्रतिदिन ७ हजार सिलिन्डर ग्याँस बिक्री हुने गरेको छ । यो तथ्याङ्कलाई आधार मान्ने हो भने उपभोक्तालाई दैनिक १ लाख ४० हजार रुपैयाँ ग्यास बिक्रेताले ठगिरहेका छन् । ‘२० रुपैयाँ बढी नदिई सिलिन्डरै दिन मानेनन्’, अधिकारीले भने, ‘के गर्नु ? अन्तिममा २० रुपैयाँ बढी तिरेरै लगेँ ।’
सन्तोषजस्ता सातौँ हजार उपभोक्ता ठगिइरहे पनि स्थानीय प्रशासनले अनुगमन र कारबाही गर्न सकेको छैन । झापामा केही नगन्य बिक्रेताले मात्र १३ सय ५ रुपैयाँमा ग्यास बेच्दै आएका छन् ।
अहिले झापामा मेची, त्रिशक्ति/पराजुली, कनकाई, पाथिभरा, कोसी, रिजाल, पि्रमा र सुविधालगायत कम्पनीका ग्यास पाइन्छ ।
यसैबीच, ग्यास बिक्री वितरण गर्दै आएका डिलर तथा डिपो व्यवसायीले कमिसन कम भएको गुनासो गर्दै आएका छन् । हाल कायम भएको डिलर कमिसनले व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै उनीहरुले २० रुपैयाँ जबरजस्ती बढी लिएको पाइएको छ । अहिले प्रतिसिलिन्डर ग्यास बिक्री गर्दा ३२ रुपैयाँ कमिसन पाइन्छ । त्यसमा ४ रुपैयाँ कर काटिन्छ । र, विक्रेताले २८ रुपैयाँ पाउँछन् ।
यो रकमले डिलर सञ्चालन खर्च, घर भाडा र मजदुरलाई पारिश्रमिक तिर्न पनि नपुग्ने ग्यास विक्रेताको गुनासो छ । ग्यास बिक्रेता संघले केही दिनअघि मात्र कमिसन ५ प्रतिशत बृद्धि हुनुपर्ने माग सार्वजनिक गरेको थियो ।
यदि ग्यासको कमिसन ५ प्रतिशत बृद्धि भए डिलर तथा डिपोले प्रतिसिलिन्डर करिब ६५ रुपैयाँ कमिसन पाउनेछन् । कमिसनको निर्धारण नेपाल आयाल निगमले गर्छ ।