काठमाडौं, २२ पुस । सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको रिहाइको माग गर्दै नेकपा (माओवादी)ले आन्दोलनको घोषणा गरेको छ ।
नेकपा९माओवादी०को निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु चन्द्र बुढा र प्रकाश शाहीले अदालत भित्रै कार्कीमाथि कालोमोसो दलेका थिए । उनीहरुलो अदालत परिसरबाटै पौष ७ गते पक्राउ गरिएको थियो । सर्वोच्च अदालतले सार्वजनिक अदालतको अबहेलना मुद्दा चलाइएको छ ।
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले जारी गरेको बिज्ञप्तीमा ३ दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलननको कार्यक्रम अनुसार यही पुस २६ गते शैक्षिक हड्ताल गर्ने बताइएको छ ।
Facebook Comments