१९ माघ,दोलखा । नेपालको स्वीर्जडल्याण्ड उपमा पाएको दोलखाको पर्यटकीय नगरी जिरीको खास विकास हुन नसक्दा सोचे अनुरुप पर्यटक भित्राउन सकेको छैन । स्वीर्जडल्याडको जुरीच शहर सँग तुलान गरीने जिरीका विकासको लागि ठोस योजना बनाएर काम गर्न सके मात्र जिरीको विकास हुने स्थानीय युवाहरुको भनाई छ ।
जिरी शब्द सुन्ने वितिकै जो कोहीलाई लाग्छ नेपालको स्वीर्जडल्याड । हो कुनै समय जिरीलाई स्वीर्जडल्याण्डको जुरीच शहर सँग तुलना गरिन्थ्यो । जुन बेला जिरी र जुरीच शहर उस्तै देखिन्थ्यो तर अहिले जुरीचले ठूलो फड्को मारिसके पनि जिरीको अवस्था फेरीएको छैन । वर्षेनी हजारौ आन्तरीक पर्यटकको राजाईमा पर्ने जिरीले खास मुहार फेर्न नसके पनि सदावहार बहने जिरीको शितल हावा पानीले पर्यटकहरुको मन जित्न सफल भएको छ । जिरी नाम मात्र सुनेका भारतीय नागरिक प्रणाव गणेश जिरी आए पछि उनको मन जिरीले लोभ्याएकोेले पुनः परिवार सहित घुम्न आउने बताए ।
जिरीको विकासका लागि खास काम हुन नसक्दा नै पर्यटकहरुले सोचे अनुरुप जिरीको विकास पछि परेको हो । लामो समय देखि जिरीकोे विकासले फड्को मार्न नसकेकोमा दुख मान्दै अब जिरीको विकासका लागि युवाहरु नैै जुट्नु पर्र्ने स्थानीय युवा टिका राम खड्काको धारण छ । पहिलो पुस्ताले जे जति गरे त्यो समय अनुकुल प्रयाप्त भए पनि अबकोे दिनमा जिरीको विकास पर्यटन सँग जोडेर भूगोल अनुसार फरक फरक संरचना तयार गर्न सके जिरीको पर्यटन विकास हुने खड्काले बताए ।
जिरी र आसपासका क्षेत्रमा पर्यटकीय सम्भावना बोकेका ठाउँहरु प्रयाप्त छन् । तर त्यस क्षेत्रको विकास र पर्यटन प्रर्वद्धन हुन नसक्दा जिरीले पर्यटनको क्षेत्रमा फड्को मार्न नसकेको प्रस्ट छ । जिरीको पर्यटन विकास गर्न सकिए जिरीलाई मात्र हैन सिंगो जिल्लाले महत्व पाउने छ । स्वीर्जडल्याण्ड उपमा पाएको जिरीले बाह्य पर्यटकहरुलाई खासै भित्राउन सकेको देखिँदैन । सिजनमा जिरी हुँदै सगरमाथलाई गन्तब्य बनाउने बाह्य पर्यटहरु जिरी आउने गरे पनि उनीहरुको बसाईलाई जिरीमा लम्भ्याउन सकेको छैन । त्यसैले अब पर्यटन विकासका लागि पर्यटन पुर्वधार निर्माणमा जोड दिने र पर्यटक सूचना केन्द्रको स्थापना गरी जिरीलाई प्रचार प्रसार गर्ने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।
साँच्चै जिरीलाई खास योजना सहित काम गर्न सकियो भने जिरीले पर्यटन क्षेत्रमा चाँडै फड्को मार्ने छ । तीन दशक देखि गौचरणमा परिणत जिरी विमानस्थललाई सञ्चालनमा ल्याउन सकिएको छैन । जिरी आसपासमा रहेको हनुमान्ते, च्योर्दुङ, हलेशी, जिरेश्वरी जस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु छायाँमा छन् । यस क्षेत्रको प्रर्वद्धन गर्न कुनै योजना छैन, त्यसैले पनि पर्यटनको क्षेत्रमा जिरी पछि पर्दै गएको हो ।