१६ वैशाख
सल्यान । जनयुद्ध लडेका इमान्दार नेता–कार्यकर्ता, सहिद परिदपरिवारको भावना विपरित अन्ययपूर्ण र जबरजस्त स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौंट गरेको भन्दै माओवादी केन्द्रका सात जना केन्द्रीय सदस्यले सामुहिक राजिनामा दिएका छन् ।
पार्टीको प्रदेश समितिले गरेको निर्णयप्रति असहमति बागचौर नगरपालिकामा कार्यरत सात जना केन्द्रीय, जिल्ला सदस्य र नगर–कमिटी सदस्यहरुले राजिनामा दिएका छन् ।
केन्द्रीय सदस्यहरु ज्ञान बहादुर ओली (माईकल),टिकाराम ओली (दर्शन), सेतिराम ओली (दिनेश), हरिलाल डि।सी। (दोभान), टंक प्रसाद शर्मा (शौगात), सुम्निमा डि।सी। (निर्माता) र कमला ओली (श्रृंखला) ले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर राजिनामा गरेको घोषणा गरेका हुन् ।
नगर इन्चार्ज माइकलको अध्यक्षतामा बसेको बैठकले लिएका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “बागचौर नगरपालिकाको बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रमुख र उपप्रमुखपदका लागि ने।क।पा।माओवादी केन्द्र ६ नम्बर प्रदेशले लिएको निर्णय अत्यन्त हचुवा, पूर्वाग्राही, जनता कार्यकर्ता, शहिद परिवारको भावना विपरीत वास्तविक धरातलीय यथार्थभन्दा बाहिरबाट जबरजस्त लादिएको ठहर गर्दछौँ । साथै प्रदेश समितिलाई प्रश्न गर्न चाहन्छौं कि उम्मेदवार छनौटका मुख्य आधारहरु के–केहुन रु प्रस्तावित उम्मेदवारहरुको पार्टी र आन्दोलनलाई बुझ्ने ऐतिहासिक श्रृंखला कस्तो हुनुपर्छ रु सिनियर जुनियर, पार्टी आन्दोलनमा निरन्तर निष्ठापूर्ण कामको मुल्यांकन हुन्छ कि हुँदैन रु वर्तमानमा पार्टी आन्दोलन र क्षमताको मुल्यांकन हुन्छ कि हुँदैन रु पार्टीमा अहिलेसम्म उसले खेलेको भुमिकाको लेखाजोखा हुन्छ कि हुँदैन रु उम्मेदवार छनौट गर्दा कार्यकर्ता शहीद परिवार क्षेत्र भेग र जनभावनाको कदर गरिनु पर्छ कि पर्दैन रु अन्तरिम विधायक, दुईदुई पटक संविधान सभाका सभासद, यातायात,उद्योग वाणिज्य संघ, नगरपालिका प्रमुखका उम्मेदवार एउटै टोलको हुनुपर्छ कि अरु गाउँ, क्षेत्र, भेगको भावना पनि समेटिनुपर्छ रु यि प्रश्नहरुलाई बेवास्ता गरी लिएको निर्णय अन्यापूर्ण छ ।”
अन्यायपूर्ण रुपमा गरिएको निर्णयविरुद्ध नगरमा कार्यरत केन्द्रीय सदस्य, जिल्ला सदस्य र नगर–गाउँ कमिटिले सामुहिक राजिनामा गरेको विज्ञप्तिमा उल्लेख छ । साथै सहिद परिवार, कार्यकर्ता र जनतालाई पार्टीले गरेको निर्णयविरुद्ध सशक्त आवाज उठाउन अपील समेत गरिएको छ ।
राजिनामा गर्ने नेताहरु जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका र इमान्दारको रुपमा परिचित छन् ।