खोटाङ, ७ भदौ । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दाले अवैध रुपमा गरेका गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेका छन् ।
स्थानीयवासीले गत वर्षमा जस्तै यस वर्ष पनि अवैध गाँजा खेती गरेको जानकारी आएपछि नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी गराए ।
। गाँजा खेती नष्ट गर्ने प्रहरीको विशेष अभियान पश्चिमी क्षेत्रमा पर्ने दुर्छिम, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, डिकुवा, धितुव र मङ्गलटारमा सञ्चालन गरिएको जनाइएको छ । हप्ता दिनदेखि सुरु गरिएको गाँजाखेती नष्ट गर्ने अभियान अन्तर्गत अहिलेसम्म ९६ रोपनीभन्दा बढीमा लगाइएको गाँजा नष्ट गरिसकिएको प्रनाउ माझीले जानकारी दिए ।
अभियानका लागि इलाका प्रहरी हलेसीका प्रहरी नायब निरीक्षक भीम बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको जनाइएको छ ।