सन्तोष भट्टराई
काठमाडौं, २ भदौ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिवार बसेको मन्त्रीपरिषद बैठकले स्थानिय निकायको निर्वाचन सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जनाएको छ । साथै बैठकले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
त्यसैगरी, मधेस आन्दोलनमा भएको घटनाको छानविन गर्न पुर्व न्यायधिश गिरिशचन्द्र लालको नेतृत्वमा ७ सदस्यीय छानवीन समिति गठन गरेको छ । सदस्यहरु प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले टुंगो लगाउने बताइएको छ ।
त्यस्तै अफ्गानिस्ताको काबुलमा घटनामा घाइते भएकाको ९१ लाख ६ हजार खर्च सरकारले ब्यहोर्ने निर्णय भएको मल्लले जानकारी दिए ।
सरकारले योजना आयोगका सहसचिव गोपीनाथ मैनालीलाई सचिवमा बढुवा गरेको छ भने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामदिप आचार्यलाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्ति पनि गरेको छ ।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा आचार्य
Facebook Comments