काठमाडौं – बेलाबेला देखिने इन्धनको समस्या दीर्घकालिन रुपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आपूर्ती मन्त्रालय तथा आयल निगमसँग छलफल गरेका छन् । आज सिंहदरवारमा भएको छलफलमा यसविषयमा आपूर्ती मन्त्रालय र आयल निगमले ब्रिफिङ गरेका हुन् ।
ऊ उचबअजबलमबतीन महिनासम्म पुग्ने गरी इन्धन भण्डारण गर्नका लागि मन्त्रालयले नियमले प्रधानमन्त्रीसमक्ष योजना पेश गरेको आपूर्ती मन्त्री दिपक बोहराले जानकारी दिए । ‘७ वटा प्रान्तमा ५० हजार किलोलिटर डिजल र पेट्रोल भण्डारण तथा ५ हजार टन ग्याँस भण्डारण गर्ने र काठमाडौंका लागि छुट्टै ५० हजार किलोलिटर इन्धन भण्डारणका लागि आज प्रस्ताव पेश गरिएको छ,’ मन्त्री बोहराले भने ।
काठमाडौंमा निर्माण गर्ने फास्ट ट्रयाक वरीपरी उक्त भण्डारणलाई निर्माण गरिनुपर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरिएको छ ।
देशमा २ लाख ८५ हजार केएल डिजेल, १ लाख १० हजार केएल पेट्रोल र ५० हजार टन भण्डारण गर्न सकिए त्यसले तीन महिनासम्म उपभोक्ताको माग धान्न सक्ने जानकारी मन्त्रालयले दिएको छ ।
त्यस्तै रक्सौल अमलेशगञ्ज पाइपलाइनको विषयमा पनि आजको बैठकमा छलफल भएको थियो ।
प्रधानमन्त्रीको जिज्ञासामा आपूर्ती सचिव श्रीधर सापकोटाले हाल डिपिआरको काम भइरहेको र यस विषयमा भारतसँग पनि छलफल भइरहेको जानकारी दिएका थिए ।
एमओई गरेको ३० महिनाभित्र काम सम्पन्न गर्नुपर्ने भएको हुँदा यसको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी सचिव सापकोटाले दिएका थिए ।
बैठकमा शुरुमा पाइपलाइनको लम्बाई ४१ किलोमिटर भनिए पनि यो ३७ किलोमिटर मात्र रहेको जानकारी समेत दिइएको थियो ।
दुवै आयोजना सम्पन्न गर्न सरकारले ३३।६ एकड जमिन उपलब्ध गराउनुपर्ने जानकारी समेत दिइएको सचिव सापकोटाले बताए ।
मन्त्री र सचिवको ब्रिफिङपछि प्रधानमन्त्री दाहालले आफूले यस विषयमा अध्ययन गरेर छिट्टै थप निर्देशन दिने बताएका थिए ।
रातोपाटीबाट प्रकाशित