काठमाडौं, १३ असोज । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक फिर्ता गर्ने निर्णय गरेको छ ।
बिहिवारको बैठकले संसदमा बिचाराधिन विधेयकलाई फिर्ता लिने निर्णय गरेको हो ।
त्यस्तै सरकारले चिकित्सा विज्ञान प्रतिष्ठान(न्याम्स) को नाम परिवर्तन गर्ने निर्णय समेत गरेको छ । सरकारले न्याम्सको नाम परिवर्तन गरि मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान राख्ने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषदको बैठकले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान(नाम्स) को नाम समेत परिवर्तन गरि पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीकै नामबाट राख्ने निर्णय गरेको छ ।
पछिल्लो निर्णय अनुसार अब नाम्सको नाम ‘मनमोहन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान’ हुनेछ । त्यस्तै बैठकले संसदमा विचाराधिन ऐन पारित नभएसम्म नयाँ सम्बन्धन नदिने समेत निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो निर्णयबाट डा.गोविन्द केसीले राखेका मागहरुमध्ये पहिलो माग पुरा भएको छ ।