काठमाडौँ, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले सदनको आजको बैठक बहिष्कार गरेका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकको आरम्भमा मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राईले वर्तमान सरकार गठन भएयता नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन नभएको भनी रोष व्यक्त गरे ।
उनले सहमति कार्यान्वयन गर्नेतर्फ सरकार उदासीन रहेको आरोप लगाउँदै सहमति कार्यान्वयनका लागि दबाब दिन बैठकबाट बाहिरिन लागेको बताए।
उनका साथमा संविधान संशोधनको माग गरिरहेका मोर्चाका आबद्ध दलका अन्य सांसदहरु पनि बैठककक्षबाट बाहिरिएका छन् ।
Facebook Comments