बैशाख ३०, चितवन ।
भोलि स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुदैछ । चुनाबि नतिजालाई प्रभाव पार्न विभिन्न ठाउँमा थरीथरीका तालमेल भएका छन् ।
भोलिको निर्वाचनलाई लिएर चितवनको भरतपुर महानगरपालिकामा सबैको ध्यान केन्द्रित भएको छ । त्यसको कारण हो, कांग्रेस र माओवादी केन्द्र बिचमा भएको चुनावी तालमेल ।
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाल मेयरकि उम्मेदवार हुन् जसलाई कांग्रेसले समर्थन गरेको छ । तर मतदानमा कांग्रेस मतदाताले धोका दिनसक्ने व्यापक आशंका गरिएको छ ।
रेण दाहालले भने कांग्रेस राजनीतिक संस्कार भएको पार्टी भएकाले त्यस्तो नहुने बिस्वास ब्यक्त गरेकी छन् । तर आफुले जित्ने निश्चित हुदाहुदै पार्टी केन्द्रले माके उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भन्दै कांग्रेसका स्थानीय नेताकार्यकर्ता एवं समर्थक रुष्ट बनेका छन् ।
पार्टी निर्णयप्रती असन्तुष्ट कतिपय मतदाताले बरु एमालेलाई मतदान गर्ने तर माकेलाइ कुनै पनि हालतमा भोट नदिने बताएका छन् । स्रोतका अनुसार केही स्थानीय नेताहरुकै अगुवाइमा उपमेयर लगायतका आफ्ना उम्मेदवारहरुलाई मतदान गर्ने तर मतपत्रमा रहेको मेयरको ठाउँ खाली छोड्ने तयारी गरेका छन् ।