मुलुकमा चलेको १० वर्षे बिद्रोह र ०६२र०६३ को जनआन्दोलन पश्चात् हटाईएको राजतन्त्र र शाह बशका अन्तिम राजाको रुपमा दर्ज भएका ज्ञानेन्द्र शाह यति बेला मुलुकको पश्चिम भाग हुँदै भारत पुगेर फेरि नेपालगन्ज तिरको भ्रमणमा ब्यस्त रहेका छन्
करिब दुइ हप्ता पहिला देखि त्यतै रहेका उनले भारतको उत्तर प्रदेशका मुख्य मन्त्री आदित्य नाथ सगँ केही दिन अघि मात्र भेटेका थिए ।
यहि शन्दर्भमा पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा बिदा हुनु र तत्कालीन राजा ज्ञानेन्द्रको समर्थनमा खुलेआम नाराजुलुश र सभा गर्दै हिडेको राष्ट्रवादी नागरिक अभियान सघर्षका अभियान्ताहरुले यही माघ ७ गते राति शाह श्रीपेच लगाएर नारायणहिटिमा फर्किन लागेको कुरा उनका सामर्थकहरुले खुलेआम बोल्दै र भन्दै आएकाछन ।
पृथ्वी जयन्तिको शन्दर्भ पारेर काठमाण्डौं शान्ति बाटीकामा गरिएको कोण सभामा बोल्दै अभियानकी उपसयोजक लक्ष्मी मल्लले नेपालगञ्जमा जनता सग भेट्न गएका , अब माघ सात गते राति श्रीपेच लगाएर नारायणहिटीमा फर्कनु हुनेछ” भन्दै खुलेआम भाषण गरिन् ।
सुरक्षाकर्मीको वाक्लो उपस्तिथि रहेको कार्यक्रममा उनले केही दिनमा बाम गठबन्धन टुट्ने र राजा, दलहरुबीच ६३ सालमा भएको गोप्य सम्झौता सार्वजनिक गर्न माग गरिन् । यस विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बोल्दै आएका छन् ।
२०६५ साल जेष्ठ पछि शाह नारायणहिटि छाडेर नागार्जुन दरबारमा सरेका थिए ।
जानकारहरुले गणतन्त्र भएको मुलुकमा यसरी बोलिनु र त्यसलाइ कुनै कार्वाही नहुनु त्यति शोभनीय नभएको तर्क समेत गरेकाछन । राजनीतिबाट साभार