प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली फेरि विवादमा आएका छन् । डा. गोविन्द केसीले पराजुलीको नागरिकता, शैक्षिकलगायत प्रमाणपत्रमाथि प्रश्न उब्जाएपछि फेरि प्रधानन्यायाधीश विवादमा तानिएका हुन् ।
केसीले प्रश्न उठाएसँगै सर्वोच्च अदालतले पनि प्रधानन्यायाधीश पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिइसकेको छ ।
यही बेला उनको नागरिकता, शैक्षिकलगायतका प्रमाण पत्रको प्रतिलिपि सार्वजनिक भएका छन् । सार्वजनिक जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको १८०३र४४१र३०१० नम्बरको नागरिकताको प्रतिलिपिअनुसार पराजुलीको जन्म २०१६ वैशाख १६ गते भएको हो । पहिले लिएको नागरिकतामा जन्ममिति नभएर उमेर मात्रै लेखिएको छ ।
नागरिकताको प्रतिलिपिअनुसारकै शैक्षिक प्रमाण पत्रमा पराजुलीको जन्म मिति उल्लेख भएको देखिन्छ । शैक्षिक प्रमाणपत्रको प्रतिलिपि हेर्दा उनले शारदा मावि चितवनमा कक्षा १० सम्म पढेको र वीरञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उत्तीर्ण गरेको पाइएको छ ।