म्याराथनमा नयाँ कीर्तिमान कायम गरेका धावक भूमिराज राईलाई सञ्जय पण्डित फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।
आज आयोजित कार्यक्रममा नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले रु पाँच हजारसहित राईलाई सम्मान गरेका हुन् ।
सो अवसरमा उपाध्यक्ष गौतमले म्याराथन दौडमा राईले नयाँ कीर्तिमान कायम गरेर समग्र खेलकुद क्षेत्रमै उत्साह थपेको बताए ।
फाउन्डेसनका अध्यक्षसमेत रहेका विश्व पर्वतारोही तथा धावक सञ्जय पण्डितले आफूसँगै दौडिने समकालीन साथीले दौडमा नयाँ आयाम थपेकाले आफ्नै सफलता ठानेर सम्मानित गरेको बताउए ।
राईले शनिबार भएको म्याराथनमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नयाँ कीर्तिमान राखेका थिए । रासस
Facebook Comments