३०,मंसिर, काठमाडौं ।
एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्दैछ ।
टेष्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका विरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ । तर उमेर समुहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले कठिन चुनौती दिने विश्वाश गरिएको छ । पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् ।
नेपालले समुह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग खेल्नेछ । यसैगरी समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।
Facebook Comments