मंसिर ३०, काठमाडौं
१९ वर्षमुनीको एसीसी क्रिकेटको उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच खेल भइरहेको छ। कोलोम्बोको एनसिसी मैदानमा सुरु भएको खेलमा श्रीलंकाले टस हारेर ब्याटिङ गरिरहेको छ।
एकदिवसीय संस्करणमा हुन लागेको प्रतियोगितामा आयोजक श्रीलंकालाई हराउनु नेपालका लागि चूनौतीपूर्ण छ। नेपाली प्रशिक्षक विनोद दासले नेपाली टोलीको लक्ष्य सेमिफाइनल पुग्ने भएकाले बिहीबारको खेल निकै महत्वपूर्ण भएको बताएका छन्। श्रीलंकाली टोली नेपालका पूर्व प्रशिक्षक रोय लुक डायसको प्रशिक्षणमा मैदान ओर्लिंदैछ। नेपालका प्रशिक्षक दासले डायसबाट प्रशिक्षण लिएर खेलिसकेकाले बिहीबारको खेललाई गुरुचेलाबीचको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको छ।
१९ वर्षमुनीको विश्वकपमा नेपालले श्रीलंका सहित न्यूजिल्याण्ड, वेष्टइन्डीज, पाकिस्तान र दक्षिण अफ्रिका लगायत टेष्ट राष्ट्रलाई हराएको थियो। तर यसअघि भएका पछिल्ला तीनवटा प्रतियोगितामा भने श्रीलंकासंग नेपाल पराजित भएको छ। १९ वर्षमुनीको पछिल्लो प्रतियोगितामा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो। नेपालले समूह चरणमा श्रीलंकासंगै भारत र मलेशियासँग पनि खेल्नेछ। समूहका शीर्ष दुई टोली अर्को चरण पुग्नेछन।
अर्को समूहमा पाकिस्तान, बंगलादेश, अफगानस्तान र सिंगापुर छन्।
नेपाल र श्रीलंकाबीचको खेलको लाइभ हेर्न क्लिक गर्नुहोस्