एजेन्सी । एकपटकमा तपाइलाई कतिपटक हाच्छ्युँ आउँछ । २, ४ पटक आउनु त सामान्य नै मानिन्छ । तर बेलायतमा बस्ने एउटी ९ वर्षकी बालिकालाई भने हाँच्छ्यु गर्ने अनौठो रोग लागेको छ । भारतीय नागरिक नाम गरेकी यी बालिकालाई एक दिनमै करीब ८ हजार पटक हाच्छ्युँ आउँछ ।
तीन हप्ता भन्दा अगाडी ईरा स्वस्थ्य नै थिइन् । जम्मा ९ वर्षकी ईरा एक विहान उठ्दा उनलाई लगातार हाच्छ्युँ आउन थाल्यो । इराको आमालाई पहिला त सामान्य नै लाग्यो । तर घण्टौंसम्म जब इराले हाँच्छ्यु गर्न थालिन तब उनलाई लाग्यो छोरीलाई एलर्जी भएको होला ।
इराको आमाले उनलाई औषधी दिइन् ।
तर औषधीले उनलाई छुन सकेन । उनको हाँच्छ्युँ झन बढ्दै गयो । उनी अहिले दिनमा करीब ८ हजार पटक हाच्छ्युँ गर्छिन । अर्र्थात एक मिनेटमा करीब ६ पटक ।
इरा सुतेको समयमा मात्र हाच्छ्युँ गर्दिनन् । तर उठेपछि लगातार सुरु हुन्छ । यसैकारणले उनी स्कुल पनि जान सकिरहेकी छैनन् । उनको खानपानमा पनि समस्या भएको छ । उनलाई उपचार गर्ने चिकित्सकले पनि इरालाई के भएको हो भनेर अहिलेसम्म छुटउन सकेका छैनन् ।