Techie
भिडियो

मान्यता भ्लग : कोरोनाभाइरसको महामारीमा चीनबाट के सिक्ने?

काठमाडौं: सन् २०१९ को डिसेम्बर अर्थात गएको वर्षको अन्तीमबाट चीनको हुपेई प्रान्तस्थित वुहान सहरबाट कोरोनाभाइरसको संक्रमण फैलिन शुरू भयो ।

शुरुमा चीनमा प्रकोपको रुपमा फैलिएको कोरोनाभाइरुसको आतंकलाई पश्चिमा समाजले छिछि र दूरदूर गर्‍यो । चीनले आफ्ना हजारौं संक्रमित नागरिकलाई जसतसो शैयाबाट फर्कायो भने केही हजारलाई सदाका लागि बिदा गर्‍यो ।

चीन एक्लै केही महिनासम्म प्रकृतिविरुद्धको यो लडाईं लड्यो र विजय हाँसिल गर्‍यो । एक हतसम्म प्रकोप चीनसँग हार्‍यो तर सिंगो विश्व मानव समुदायमाथि जाइलाग्न पुग्यो।

प्रकोसँग चीन एक्लै लडीरहेका वेला शक्ति राष्ट्र र लोकतन्त्रका पुजारी भनिएका पश्चिमा मुलुकको नेतृत्व गर्दै अमेरिका अमानवीय र असहयोगी देखियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको हवाई, यातायात र व्यापार प्रतिबन्धको भद्दा भूराजनीतिक खेलको नेतृत्व गरे ।

जसै चीनले कोरोनाभाइरसको प्रकोप (एपीडेमिक) सँगको लडाईंमा जित हात पार्दै गयो, कोरोनाभाइरस महामारी(प्यान्डेमिक)का रुपमा अमेरिका र इटालीलगायतका मुलुकलाई केन्द्रबिन्दु बनाउन थाल्यो ।

तर त्यतिवेला चीनले ती मुलुकहरूसँग बदला लिन कुनै प्रतिबन्ध घोषणा गरेन । न त ति मुलुकका अर्बपतिहरू जस्तै चीनका अर्बपती ज्याक मा नै टुलुटुलु हेरेर कसरी नाफा सोहोर्न सकिन्छ भनेर क्यालकुलेटरु थिचेर बसे ।

बरू चीन सरकार र त्यहाँका व्यापारीहरू एकसाथ सारा दुनियाँलाई बचाउन एकपछि अर्को मुलुकलाई सहयोग गर्दै हिँडिरहेका छन् ।

निश्चित छैन यो महामारीबाट को जोगिन्छ, को मेटिन्छ । निश्चित यो छ कि दुनियाँ अब पुँजीवादका गुलामहरूबाट होइन समाजवादका सच्चा पहरेदारहरूबाट निर्देशित हुनेछ ।

मानवीयताको दियो समाजवादी चीनको हातमा पुगेको छ । उसले कुसल नेतृत्व गर्ने कोशिष गरिरहेको छ । सक्छ वा सक्दै त्यो भविष्यमा देखिने नै छ ।

उसले आफूले जितेको लडाईंमा सिंगो मानव सभ्यतालाई कसरी जोगाउने भनेर विश्वसँग सहकार्यको हात फैलाएको छ ।

यो त्यसै सम्भव भएको छैन । हजारौं घरवार विहिन भएर, हजारौं बालबालिका टुहुरा भएर र हजारौं कोखहरू रित्तिएर चीनले एक्लाएक्लै समाजवादको जगमा तयार पारेको आत्मविश्वासमा टेकेर सम्भव तुल्याएको छ ।

सामाजिक अभियन्ता तथा चिकित्शा शिक्षा अध्ययनरत मान्यता थापाले चीनले लडेको प्राकृतिक विपद विरुद्धको यो  लडाईंको सार र यसबाट नेपाललगायत मुलुकले सिक्नु पर्ने पाठका वारेमा आफ्नो भ्लग तयार पारेकी छन् ।

उपयोगी ठहरेर यहाँ साभार गरिएको छ।

 

Facebook Comments